Italian Trulli
Italian Trulli

राज कुन्द्राले पाए जमानत, शिल्पा शेट्टीले गरिन् यस्तो पोस्ट

81Shares


काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई १९ जुलाईमा मुम्बाई अपराध शाखाले अश्लील फिल्म बनाएर एपमा रिलीज गरेको आरोपमा पक्राउ गरेको थियो। राज कुन्द्राले ५०००० को जमानत पाएका छन्।

राज कुन्द्रा विगत दुई महिनादेखि जेलमा थिए । १८ सेप्टेम्बरमा राज कुन्द्राले अदालतमा जमानत याचिका दायर गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । यसअघि राजको जमानत निवेदन धेरै पटक खारेज भएको थियो।

शिल्पा शेट्टी-राज कुन्द्रा

शिल्पा शेट्टी आफ्नो पतिको जमानत पछि गरिन् पोस्ट : 

राज कुन्द्रा जमानत पाएपछि उनकी श्रीमती शिल्पा शेट्टीले सोशल मिडियामा पोस्ट गरेकी छिन् पति राज कुन्द्राको घर फर्केपछि शिल्पा शेट्टीले आफ्नो इन्स्टाग्राम स्टोरीमा इन्द्रेणीको तस्बिर साझा गरेकी छिन्। इन्द्रेणीको तस्बिरमा एउटा कोट छ जसमा क्याप्सन लेखिएको छ- “नराम्रो आँधी पछि आउने त्यो सुन्दर चिज हो इन्द्रेणी ।” उनले जिन्दगीमा घेरै उतार चढाव हुने गरेको बताएकी छिन् ।

 प्रकाशित मिति: २०७८,आश्विन,५,मंगलवार १०:३८

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli