लेखक : शंकरमान श्रेष्ठ
शंकरमान श्रेष्ठ, मेडिसिटी अस्पताल काठमण्डौ / ः मेडिसिटीमा विहानै पुगेका थियौ। किमो थेरापि पूर्व रगत जाँच गराउनु थियो। रगत टेष्टको लागि दिए पछि लिफ्ट तिर लाग्यौं हामी ।भरखरकी एउटी केटी पनि लिफ्ट भित्र पसी । ढोका खुल्ना साथ ती केटी सरासर वोन्कोलोजी डिपार्टमेन्ट तिर लागी। हामी भने पछि पछि।
ठुलो हल। ती केटी भने हल भित्र पस्ना साथ छेउकै बेडनिर गई उभिइ। बिरामी भने कोल्टो परेर सुतेको थियो। म भने नर्सिङ स्टेसन नजिकैको बेडमा गई बसे । केही छिनमै बिरामीले हल भरियो। मलाई भने एक पछि अर्काे स्लाइनमा मिसाइएको किमो पिक लाइनबाट दिन थालियो। केही घण्टा पछि रेष्ट रुमतिर जानू पर्ने भो। छोरी साक्षीले हात समाउदै लगी। त्यहाँ पनि क्यूमा बस्नु पर्ने भो। त्यहिबेला लिफ्टमा भेटेकी केटी आई हामी छेउ। छोरीसँग उसले सोध्न थाली ू यहाँ आउने सबै क्यान्सरका पेसेन्ट हुन? छोरीले टाउको हल्लाउँदै ू हो ूभनी। त्यस पछि साक्षीले सोधेको सुने ूतपाईको बुवा?ू ू हैन मेरो श्रीमान , अपरिचितको जवाफ मैले पनि सुने। अनि तिनले भन्न लागि ,ू हेर्नुस् न उहाँलाई केही ना भा को। कहिले पनि बिरामी न परेको। चार दिन भयो थाहा भएको । स्पाइनल कोर्डमा छ । अपरेसन पनि गर्न न मिल्ने। फोक्सो तिर पनि फैलिएको छ। लाष्ट स्टेज छ अहिले। उहाँ अहिले तीस बर्ष ।चालिसको भए थाम्थे मन । सानैमा बिहे भो। सात बर्षकी छोरी छे। छोरी सात बर्ष भन्ने बितिकै धरधरि रुन लागि।
छोरीले पछि त्यहाँ गरेको कुराहरु मलाई सुनाई, ू के भनु के न भनु भो मलाई त्यस बेला , म त चुपचाप उसको आँसु हेरि बसे। मैले आफ्नो दुःख धेरै भन्ठानेको थिए । ती नानीको कथा सुनेर एउटा गीत याद आयो - दुनियामे कितना गम है, मेरा गम कितना कम है, लोगोका गम देखा तो , अपना गम भुल गया । (बाँकी अर्काे भाग अर्को कथामा क्रमश प्रकाशित गर्दै जाने छौं ।)
(लेखक तथा साहित्यकार, शंकरमान श्रेष्ठका थुप्रै लेख रचनाहरु प्रकाशित छन । उहाँ सत्य घटनालाई सरल, प्रष्ट र जिवन्त किसिमले प्रस्तुत गर्नु हुन्छ । ठाकुराम बहुमुखी क्याम्पसका प्रध्यापक श्रेष्ठ राम्रो कार्टुनिष्ठ तथा कुचिकार पनि हुन् । हाल काठमण्डौको मेडिसिटी अस्पतालमा उपचार भइररहेको छ । उहाँको शिघ्र स्वस्थ्यलाभको कामना गर्दछु ।)