Italian Trulli
Italian Trulli

राष्ट्रिय वाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न


विन्दवासिनीमा आयोजित कार्यक्रमका बिजयी सहभागिहरु

अर्जुन शाह, ३० भदौ  /

सामान्य अवस्था वा कोभिँड महामारी ः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मुख्य नाराका साथ, ५७ औं राष्ट्रिय वाल दिवसको अवसरमा पर्सा जिल्लाको वीरगंजलगायत सो आसपासका क्षेत्रमा विविध कार्यक्रम सम्पन्न भएको छ । 

यस क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी मन्दिर परिसरमा मंगलवार नृत्य, संगीत तथा वक्तित्वकला प्रतियोगिता सम्पन भयो । जीवन ज्योति माध्यमिक विद्यालय एवं नेशनल कलेजको सहयोगमा र नैतिक तथा शैक्षिक विकास केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

नैतिक तथा शैक्षिक विकास केन्द्रका अध्यक्ष सुधीरकुमार यादबको अध्यक्षतमा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका उपमेयर शान्ति कार्की मुख्य अतिथी रहनु भएको थियो ।  बिशिष्ट अतिथीमा पुरुषोतम उपाध्याय र अथितिमा विन्दवासिनी युवा समाजका  सिजन क्षेत्री, केदार गुप्ता, सरिता थापा, मन्तुरी यादव, मुरत यादव, मनोज यादव लगायतले मन्तब्य व्यक्त गरेका थिए । सञ्चारकर्मी  सूर्य शुभचिन्तकले सहजीकरण गरेको प्रतियोगिताको  निर्णायक मण्डलमा संगीत चौधरी, जयप्रकाश चौधरी, प्रमोद यादव रहनु भएको थियो ।

बत्तृत्वकला प्रतियोगितामा प्रथम स्थान नितु यादवले हात पारिन् । त्यसैगरि प्रतियोगिताको दोस्रो स्थान अर्जुन शाहले प्राप्त गरे भने तेस्रो स्थान अमलेश साहले प्रप्त गरेका छन् । सो अवसरमा नैतिक तथा शैक्षिक विकास केन्द्रका सदस्य सिम्रन थापा, अरचाना साह लगायतको उपस्थिति थियो ।

वीरगंजमा सम्पन्न कार्यक्रमका मुख्य अतिथीसंग सहभागिहरु

यसैगरि बालदिवसकै अवसरमा वीरगंज गहवामाई मन्दिर अगाडिको सार्वजनिक मञ्चमा पनि ूकार्यक्रम सम्पन्न भयो । महानगर बाल संजाल वीरगन्ज, आवर संसार नेपाल, युनिसेफ नेपाल र लाइफ नेपालको सहकार्य एवं वीरगन्ज महानगरपालिकाको आयोजना भएको कार्यक्रम महानगरपालिकाका गै.स.स.शाखा प्रमुख तथा वालमैत्री सम्पर्क व्यक्ति  मुकेश गुप्ताको अध्यक्षतमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथी महानगरका उप मेयर शान्ति कार्की, अतिथिहरु आवर संसार नेपालका अध्यक्ष मुकेश साह, लाइफ नेपालका कञ्चन कोइराला लगायतका मन्तब्य ब्यक्त गरेका थिए ।

बालदिवसको अवसरमा  सडक नाटक प्रदर्शन र बाल हेल्पलाइन बीरगंजका बाल बालिकाहरु द्वारा चित्र कला प्रदर्शन गरीएको थियो । 

महानगरका गै.स.स.शाखा प्रमुख तथा बालमैत्री फोकल पर्सन श्री मुकेश गुप्ता र रेणुका ढकालले बिजयी बाल प्रतिभाहरुलाई पुरस्कार प्रदान  गर्नु भएको थियो ।  कोरोना महामारीका कारण बन्द रहेका विद्यालय बल्ल बल्ल खुल्दै गरेकोले यस पालि बिधालयका बाल बालिकाहरु सहितको भव्य कार्यक्रम गर्न  नसकिएको बीरगंज महानगरपालिका प्रतिनिधि मुकेश गुप्ता  बताएका छन् । बीरगंज महानगरलाई बाल मैत्री शहर बनाउन ५१ वटा विभिन्न सुचकहरु रहेको र धेरै जसो सुचक प्राप्त भईसकेको उनले बताए । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli