Italian Trulli
Italian Trulli

स्थानीय चुनावको पुन: मतगणना गर्न उच्च अदालत जनकपुरको आदेश

 


53

Shares
facebook sharing button Share
twitter sharing button Tweet
pinterest sharing button Pin
linkedin sharing button
whatsapp sharing button

असोज, १२, जनकपुर । उच्च अदालत जनकपुरले मनरा शिश्वा नगरपालिकाको एक वडाको मत पुनः गणना गर्न आदेश दिएको छ ।

मनरा शिश्वा वडा नं. १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरधामले आइतबार कात्तिक ७ गतेको समय तोकेको हो । न्यायाधीश हरिप्रसाद बाग्ले र रामेश्वर रेग्मीको संयुक्त इजलासले आइतबार वडाको मत कार्तिक ७ गते ११ बजे देखि गणना गर्न आदेश दिएको हो ।

 २०७४ साल असोज २ गते भएको स्थानीय निकायको निर्वाचनको मतगणनामा पान छापका स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ र वर्तमान अध्यक्ष अरुण कुमार चौधरीको २ सय ६४ मत मात्रै आएको र जर्बर जस्ती तीन वटा बदर मतलाई सदर गरि गोला प्रथा गराई चौधरीलाई जिताईएको भन्दै विजयीको दावी गर्दै आएका रायले उच्च अदालत जनकपुरमा पुनः मतगणनाको मांग गर्दै मुद्दा दिएका थिए ।

 मुद्दामा सुनुवाई गर्दै २०७५ असार ३ गते कानुनबमोजिम पुनः मतगणना गर्न उच्च अदालतले आदेश जारी गरेको थियो । मतको सदर र बदरमा विवाद देखिएको भन्दै अदालतले पुनः मतगणना हुनु पर्ने आदेश जारी गरेको थियो ।

 गोला प्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमै गरिएको भन्दै अदालतले निर्वाचन कसूर तथा सजाय ऐन २०६३ को दफा ४४ को उपदफा (१)को देहाय (क) ,(ख) र (ग) बमोजिम बदर हुने मत बदर नगरेको वा कानुन बमोजिम सदर हुने मत सदर नगरेको देखिएकोले दोहो¥याएर मतगणना गर्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेशपछि अरुण कुमार चौधरीले आदेश खारेजीको मांग गर्दै सर्वोच्च अदालत काठमाण्डुमा निवेदन दिएका थिए । सर्वोच्चले उच्च अदालतको फैसलालाई सदर गरेका थिए । कोरोना संक्रमणको जोखिम र बन्दाबन्दीको कारणले अदालतको फैसला लम्बिएको थियो । स्वतन्त्र उम्मेदवार अरुण चौधरी नेपाली कांग्रेस पार्टीको उम्मेदवार आफुलाई हेपेर जर्बर दस्ती हराएकोले आफु अदालत गएको रायले बताए । लोकतन्त्रमा अदालतबाट हुने न्याय नै अन्तिम हुने भएकोले आफु जित्ने विश्वास समेत उनले व्यक्त गरेका छन् । 

२०७४ साल मतगणनाको क्रममा निर्वाचन अधिकृत आम बहादुर बानियाले आफुलाई सम्झाई बुझाई, दशैतिहारको बाध्यता देखाउँदै तपाई अदालती प्रक्रियामा जानुस तीन महिना भित्रै टुँगो लाग्नेछ भन्ने आश्वासन दिएर आफुलाई बिचल्लीमा पारेको आरोप लगाए । यता चौधरीले अदालतको फैसलालाई स्विकार गरि पुनःमतगणनामा सहभागि हुने बताएका छन् ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli