Italian Trulli
Italian Trulli

अव सर्वसाधरण पनि अन्तरिक्ष यात्रामा तीन दिन बसेर फर्किए चार जना


एजेन्सी, काठमण्डौ ३ असोज /

अन्तरिक्ष यात्रामा पहिलो पटक सर्वसाधरणले यात्रा गरेका छन् । चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका हुन् ।

उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो ।

स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो। तीन दिनअघि उनीहरू पृथ्वीबाट उडेका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटरमाथिसम्म पुगेका थिए ।


यसअघि अन्तरिक्ष यात्रीहरूमात्रै यसरी अन्तरिक्षमा जाने गरेको भए पनि पहिलोपटक सर्वसाधारण अन्तरिक्षमा गएका हुन ।

उक्त क्याप्सुलमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान,  फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए ।


उनीहरूले अन्तरिक्ष यात्राका लागि कति रकम तिरे भन्ने खुलाइएको छैन । उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताइएको छ ।

स्पेस एक्स अमेरिकी अर्बपति एवं टेस्ला कम्पनीका मालिक एलन मस्कको कम्पनी हो ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli