Italian Trulli
Italian Trulli

टिकटक बनाउदा सेती नदिमा यसरी चिप्लीएकी थिइन युवती (स्थलगत भिडियो सहित)



चितवन, १ आश्विन /

वितेको मंगलवार अर्थात भदौ २९ गते तनहुँकी एक युवती टिकटक बनाउने क्रममा सेती नदिमा बेपत्ता भईन् । उनको विवाह गरेको पाँच दिन मात्रै भएको थियो । दुलहन फर्कन दुलाहासंगै माईत आएकी युवती फेरी घर फर्किनन् । 

टिकटकमा धेरै लाईक र सेयर आउने होडमा मानिसहरु जिन्दगीको भेटी चढाइरहेका छन् । भाइरल त भइन तर उनको ज्यान गएको समाचार र भिडियो चाहीं भाइरस भयो । घटना केही दिन बासी भए पनि यो घटनाबाट पाठ सिक्नु पर्ने कुरा सँधै ताजा नै रहन्छ । बुद्धि नभएका र टिकटक एवं आवश्यकता भन्दा बढि सामाजिक सञ्जालमा लटठ भई अफिमको नशा भन्दा पनि नराम्रोरी गाँजेकाहरुका लागि सचेत गराउने एउटा पाठ बन्न सक्ने भएकोले भाइरल घटनाको कथा र सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको भिडियोलाई यहाँ पुन प्रस्तुत गरिएको छ ।

  टिकटक बनाउने क्रममा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।  


एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli