दर्पण डेली, काठमाडौँ, २८ साउन/
आर्थिक वर्ष ०७७/७८ को बजेटमा सामुदायिक विद्यालयका शिक्षकको तलब बढाइएको थियो । आउँदो साउन १ गतेदेखि त्यो कार्यान्वयन हुनेछ ।
मुलुकभर स्थायी, अस्थायी र करार शिक्षकको विद्यमान तलबमा दुई हजार रुपैयाँ बढेको हो ।
शिक्षकको एसएलसीको नतिजाको आधारमा शिक्षकलाई तीन श्रेणीमा छुट्ट्याई तलब दिने गरिएको छ । प्रावि शिक्षकको हकमा दुई विषय वा सोभन्दा बढी विषयमा अनुत्तीणर् भएर उत्तीणर् गरेअनुसारको तलब तोकिएको छ ।
कुन तहका शिक्षकको तलब अब कति ?
प्रावि तह तृतीय - मासिक ३३ हजार ९३२ रुपैयाँ
प्रावि द्वितीय- ३७ हजार ७२० रुपैयाँ
प्रावि प्रथम- ४७ हजार ५९० रुपैयाँ
दुई विषयसम्म एसएलसी अनुत्तीणर्- २८ हजार ४१४ रुपैयाँ
दुई विषयभन्दा बढी एसएलसी अनुत्तीणर्- २६ हजार ८१४ रुपैयाँ
निमावि तह तृतीय- मासिक ३७ हजार ७२० रुपैयाँ
निमावि द्वितीय- ४७ हजार ५९० रुपैयाँ
निमावि प्रथम- ४९ हजार ९८४ रुपैयाँ
मावि तृतीय- मासिक ४७ हजार ५९० रुपैयाँ
मावि द्वितीय- ५३ हजार १४८ रुपैयाँ
मावि प्रथम- ५८ हजार ८५४ रुपैयाँ