Italian Trulli
Italian Trulli

इन्स्टाग्राममा स्टोरीजलाई पनि लाइक गर्न सकिने आउँदै नयाँ फिचर



एजेन्सी, १० भदौ /

लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्राममा एक नयाँ फिचर थप हुने भएको छ । समाचार अनुसार इन्स्टाग्रामले एक नयाँ लाइक बटन थप गर्दैछ जसबाट इन्स्टाग्राम स्टोरीजमा पनि लाइक गर्न सकिनेछ ।

अहिलेसम्म इन्स्टाग्राम स्टोरीजमा रिएक्ट गर्नका लागि कुनै खास बटन उपलब्ध नभएकोमा इन्स्टाग्रामले त्यसको अभाव पूरा गर्न लागेको हो ।उक्त नयाँ लाइक बटन mबष्ल कतयचथ पेजमा देखिनेछ । प्रयोगकर्ताले आफुलाई मन परेको कुनै इन्स्टाग्राम स्टोरीजमा कैयन् पटक लाइक गर्न सक्नेछ । सार्वजनिक भएको एक स्क्रिनसट अनसार लाइक बटन टेक्स्ट बारको छेउँमै हुनेछ । लाइक बटन क्लिक गर्दा एनिमेसन पनि देखिनेछ ।

एक अर्काे रिपोर्ट अनुसार आफ्नो स्टोरीजमा लाइक बटन प्राप्त गर्दा प्रयोगकर्तालाई कुनै प्राइभेट मेसेज आउनेछैन । तथापि स्टोरीजसँगै कूल लाइक्सको संख्या र लाइक गर्नेहरुको नाम देखिनेछ ।

इन्स्टाग्रामको यो नयाँ फिचर हाल परीक्षणको चरणमा रहेको र आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुन्छ भन्ने तय नभएको बताइएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli