Italian Trulli
Italian Trulli

मलेसियन खेलाडी भिरनदीपले चितवनबाट खेल्ने

 


दडे, चितवन, १० भदौ/

 मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ ।

चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको कप्तानमा सोमपाल कामी नियुक्त भइसकेका छन् । पहिलो पटक विदेशी लिग खेल्न छनोट भएको भन्दै मलेसियन क्रिकेट संघले भिरनदीपलाई बधाई समेत दिएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli