दर्पण डेली, काठमाडौं, २८ साउन/
ललितपुरे ‘ए’ डिभिजन क्लब थ्री स्टारले कप्तान बिक्रम लामासँगको सम्झौता नवीकरण गरेको छ।
थ्री स्टारले सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा कप्तान बिक्रमसँगको सम्झौता नवीकरण गरिएको जनाएको हो।
‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ। कप्तान बिक्रमले १२ वर्षथ्री स्टारमा बिताइसकेका छन्।
थ्री स्टारले यस अघि मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्डर अनन्त तामाङलाई अनुबन्ध गरेको थियो।
यस्तै, मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो।
Tags:
sports