Italian Trulli
Italian Trulli

छ हजारवटा विरुवा रोप्दै माई लायन्स भिलेज सुरु भयो



दडे, वीरगञ्ज, ३० साउन/

लायन्स क्लवहरूले संयुक्तरुपमा बृक्षा रोपन गर्दै ॅमाई लायन्स भिलेज’ को शुभरम्भ गरेका छन् । ॅवातावरणलाई बचाऔ’ं नारा सहित स्वच्छ, सफा र हराभरा अभियान अन्तर्गत शनिवार बृक्षारोपन गरि कार्यक्रम शुभारम्भ गरिएको हो ।

अल लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर, सिमरा, अमलेखगंज, गंजभवानीपुर र कलैया एरियाका लायन्स क्लबहरुद्वारा संयुक्त रूपमा जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरमा वृक्षारोपण गरी माई लायन्स भिलेजको शुभारम्भ गरिएको छ ।


लायन्स क्लब एरिया नम्बर २ का एरिया चिफ बासु तिमिल्सिनाको अगुवाइमा भएको बृहत् वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब ६ हजार विरूवाहरु रोपिएको लायन्स अभियान्ता तथा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ का डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी गराएका छन् । विशेष अभियान अन्तर्गत लायन्स क्लबले नियमित रुपमा संचालन गर्दै आएको सामाजिक विकासका गतिविधिहरु अन्तर्गत माई लाइन्स भिलेज सुभारम्भ भएको उनले बताए । 

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ का सातवटै क्षेत्रमा माई लायन्स भिलेज स्थापना गरि समाजमा पिछडिएका बर्गको सामाजिक एवं आर्थिक विकासका टेवा पुर्‍याउने किसिमका विभिन्न परियोजनाहरु संचालन गर्ने योजना रहेको एरिया चिफ तिमिल्सिनाले जानकारी गराएका छन् ।

शनिवार गरिएको वृक्षारोपण कार्यक्रममा सिसौको विरुवा २ हजार वटा, टिक २ हजार, सफेदा १५ सय र आँवलाको विरुवा ५ सय वटा रोपिएको अभियानमा सहभागि विजय कुशवाहाले जानकारी गराएका छन् ।


कार्यक्रममा  वडा नम्बर १० का वडा अध्यक्ष सरोज पटेल, आधुनिक विद्यालयका प्राध्यापक अमित शर्मा लायन्स क्लबका डिष्ट्रीक्ट एक्ज्यूकेटिभ चिफ  डि.एन.अग्रवाल, डिष्ट्रीक्ट डेपुटी चिफ मनोहर टिबडेवाल, डिष्ट्रीक्ट एडभाइजर देव चौधरी, सेन्ट्रलकी अध्यक्ष कविता हलान, आशा अग्रवाल, सिता अग्रवाललगायतको सहभागिता थियो ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli