Italian Trulli
Italian Trulli

सर्लाहीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु स्थिती तनावग्रस्त


दर्पणडेली, जनकपुरधाम, २९ साउन/

 टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजार क्षेत्र साढे २ घण्टादेखि तनावग्रस्त बनेको छ।

दुर्घटना लगतै आक्रोशित स्थानीयले टिपरलाई नियन्त्रणमा लिएर तोडफोड एवं आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्दा दुई तर्फी झडप भएर नवलपुर बजार क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले भिड तितर वितर पार्न ४ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रवार दिउँसो साढे २ बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख ८२९३ नम्बरको टिपरले सोही दिशाबाट साइकलमा घाँस बोकेर आइरहेका स्थानीय रामनरेश महतोलाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट लालबन्दी नगरपालिका-२ निवासी ४० वर्षीय महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

महतोको साइकलको पछाडि रहेको घाँसमा टिपर ठोक्किदा महतो अनियन्त्रित भई राजमार्गमा लडेको र टिपरको पछाडिको चक्काले उनलाई किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। मृतक महतोको शव अहिले पनि राजमार्गमै रहेको छ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli