Italian Trulli
Italian Trulli

नक्कली बाबु छोरी बनी नागरिकता लिने पक्राउ


वीरगंज, १४ साउन ।
नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्सा प्रहरीले दुर्ई जनालाई पक्राउ गरेको छ ।
पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरूप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ परेका हुन् ।
भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको दावी प्रहरीले गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधवार बिहान १० बजे वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो ।
उनको शरीर तलासी गर्दा उनले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी फेला पारेको थियो ।
नागरिकतामा साविक बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं. ९ बस्ने धुरूप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरूपलाई पनि श्रीपुरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli